सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ को टिजर रिलिज



१२ माघ २०७५, काठमाडौँ

सलमान खान बलिउडका किङ् भनेर चिनिने गर्छन् । अझ भन्नुपर्दा उनको नामलै मात्र पनि चलचित्र बक्सअफिसमा सफल साबित भएका हुन्छन् । यतिबेला सलमान आफ्नो नयाँ चलचित्र भारत मा व्यस्त छन् । भर्खरै मात्र चलचित्र भारत को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा सलमानलाई नै बढी फोकस गरिएको छ । चलचित्र भारत मा सलमान का साथ कट्रिना कैफ, दिशा पटनी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र भारत आउँदो इदमा रिलिज हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्