विराज भट्टले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रमा पूर्व मिस नेपाल निकिता र विराजको जोडी



१२ माघ २०७५, काठमाडौँ

नायक विराज भट्ट लामो समयपछि चलचित्रमा फर्किएका छन् । कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा उनको मात्र राज थियो । पछिल्लो समयमा उनी भोजपुरी चलचित्रमा बढी व्यस्त हुन थालेपछि उनी नेपाली चलचित्रबाट टाढा भएका हुन् । अब उनी आफ्नै निर्माण र निर्देशनमा नयाँ चलचित्र लिएर चलचित्रमा आउँदैछन् ।

उनले अभिनेता भएर धेरै चलचित्रमा काम गरिसकेका छन् । तर उनले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्र साङ््लो अब फ्लोरमा जाने भएको छ । चलचित्रको लागि नायिका पनि छनौट भैसकेकी छिन् । चलचित्रमा २०१७ की मिस नेपाल निकिता चन्दक फाइनल भएकी छिन् । निकिताले यसअघि चलचित्र रानीमहल मा काम गरेकी थिइन् । तर केहि कारणबस् उक्त चलचिको छायांकन रोकिएपछि उनले चलचित्र छोडेको बताएकी छिन् ।

विराजले आफ्नो चलचित्रमा निकिता फिट हुने भएकाले उनलाई फाइनल गरेको बताए । विराजले अहिले चलचित्रको कथाको काम भैरहेको बताएका छन् । उनले चलचित्रको छायांकन चैत्रबाट सुरु हुने पनि बताए । चलचित्रमा विराज र निकिताको मुख्य भूमिका रहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्