स्वर्गीय हजुरआमा प्रेमा शाहलाई सम्झिदैँ रोइन् जल शाहकी सानी छोरी (भिडियो सहित)



१२ माघ २०७५, काठमाडौँ

नायिका जल शाह यतिबेला लामो समयसम्मको अमेरिका बसाईपछि नेपाल आएकी छिन् । उनी आफ्नी स्वर्गीय आमा प्रेम शाहको बार्षिकउत्सवको लागि आफ्ना श्रीमान् र छोरीसँग नेपाल आएकी हुन् । आफ्नो आमाको पहिलो बार्षिकत्सवमा नायिका जल र उनकी सानी छोरी कलश निकै रोएका थिए ।

केहिदिन अघि एक अन्तवार्तामा स्वर्गीय प्रेमा शाहकी नातिनी अथवा जल शाहकी छोरी आफ्नी आमालाई सम्झेर निकै भावुक बन्न पुगिन् । उनले आफ्नी हजुरआमालाई सम्झिदैँ अब आफूले उहाँलाई कहिले भेट्न नपाउने कुरा सम्झिदाँ निकै मन दुख्ने बताइन् ।

उनले रुदैँ आफूले हजरआमालाई निकै माया गर्ने भएकाले हजुरआमाले छोडेर जानुभएको महशुस नै नहुने बताइन् । उनीमात्र नभएर प्रेमाको वियोगमा धेरैको आखाँ रुझाएका थिए । उनी साहित्यिक क्षेत्रमा निकै परिचित थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्