कार्टुन्ज क्रु को नयाँ गीत सार्वजनिक (भिडियो सहित)



१२ माघ २०७५, काठमाडौँ

कार्टुन्ज क्रु ले निरन्तर रुपमा आफ्ना नयाँ नयाँ भिडियो निकालेर आफूलाई स्थापित गरिसकेको छ । नेपालमा मात्र नभएर यो डान्स ग्रुपले अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई अव्वल साबित गरिसकेको छ । भर्खरै मात्र कार्टुन्ज क्रु को नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

खेमराज थापाको शब्द र शंकर थापाको संगीत रहेको मास्टर प्लान बोलको गीतमा सुन्दर र मेलिना राईको आवाज रहेको छ । निकै रमाईलो शैलीको गीतलाई कार्टुन्ज क्रु का सरोज अधिकारीले कोरियोग्राफी गरेका हुन् । उक्त गीतमा कार्टुन्ज क्रु का सबै सदस्यलाई फिचरिङ गराइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्