लामो समयपछि मिडियामा एकसाथ देखिए जल शाह र रमेश उप्रेती (भिडियो सहित)



१० माघ २०७५, काठमाडौँ

नायिका जल शाह कुनै समयकी नेपाली चलचित्रकी निकै व्यस्त र चर्चित नायिका हुन् । तर पछिल्लो समयमा उनी नेपाली चलचित्रबाट टाढा भएकी थिइन् । उनी अहिले आफ्ना श्रीमान् र छोरीसँग अमेरिकामा बस्दै आएकी छिन् । उनी हाल नेपाल आएकी छिन् । उनी नेपाल आएदेखि जताततै उनको चर्चा भैरहेको छ ।

त्यस्तै रमेश उप्रेती पनि कुनै समयका निकै चर्चित अभिनेता हुन् । पछिल्लो समयमा उनको ऐश्वर्य चलचित्र प्रदर्शनमा आएको थियो । जुन बक्सअफिसमा सफल पनि साबित भयो । जल र रमेश उप्रेतीको जोडी कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै चर्चित थियो । जल र रमेशले धेरै चलचित्रमा एकसाथ काम गरेका पनि छन् । पछिल्लो समयमा यी दुवै कलाकार हराएर गएका थिए ।

अहिले निकै लामो समयपछि जल र रमेश एकसाथ मिडियामा देखिएका छन् । लामो समयपछि एकअर्कासँग भेट्दा जल र रमेशले निकै रमाईलो कुराकानी गरे । त्यतिमात्र नभएर यी दुवै कलाकारले एकअर्काको तारिफ गरेर थाक्दै थाकेनन् । जलले रमेश आफूलाई सबैभन्दा धेरै मनपर्ने कलाकार भएको बताइन् । त्यतिमात्र नभएर उनीहरुले पारिवारिक हिसाबले पनि आफूहरु निकै नजिक रहेको बताए ।

अहिले यी दुई नेपाली चलचित्र क्षेत्रमा त्यति सक्रिय छैनन् । तर यी दुईले आफ्नो सम्बन्ध कहिले पनि नबिग्रिएको बताए । उनीहरुले एकअर्काको मिल्ने साथी बनेर साथ दिए । उनीहरुले आफ्ना विगतका कुराहरु सम्झेर निकै हासेँ । जलले आफूलाई नेपाली चलचित्रमा कमब्याक हुन इच्छा भएको र केहिसमय चलचित्रमा फर्कने उनले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्