एकसाथ बसेपनि २० बर्षदेखि आफ्नी श्रीमतीसँग बोलेका छैनन् जापानका यी युवक



१० माघ २०७५, काठमाडौँ

संसार निकै साघुरो छ । यहाँ सबै ठाउँमा मानिसहरु आ आफ्नै काममा व्यस्त हुने भएकाले सबै ठाउँको खबर कसैलाई थाहा हुँदैन । तर संसारमा दिनहुँ नपत्याउँदा घटनाहरु घटिरहेका हुन्छन् । भर्खरै मात्र एउटा पत्याउनै कठिन घटना सुन्नमा आएको छ ।

जापानका एक श्रीमान् श्रीमती जो सँगै बस्छन् । तर ती श्रीमान् आफ्नी श्रीमतीसँग नबोलेको २० बर्ष भैसकेको छ । पत्याउन कठिन छ तर यो कुरा साचोँ हो । जापानका एक श्रीमान् जो आफ्नी  श्रीमतीसँग २० बर्षदेखि नबोली बसेका छन् । ती दम्पतीका ३ सन्तानहरु पनि छन् । घरमा उनी आफ्ना सन्तानसँग राम्रो व्यवहार गर्छन् । तर आफ््नी श्रीमतीसँग भने बोल्दैनन् ।

उनको साथीभाईले उनीहरुको बोलचाल गराउन निकै प्रयास पनि गरे तर ती युवकले आफ्नो जिद्दी छोडेका छैनन् । उनले श्रीमतीले आफूलाई वास्ता नगर्ने र आफ्ना छोराछोरीलाई चाहिँ  माया गरेकाले आफू श्रीमतीबाट असन्तुष्ट रहेको बताएका छन् । उनकी श्रीमतीले उनलाई बोलाउने कोशिस गर्दा पनि उनी टाउको बटार्ने गर्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्