१ महिनामा नाचेर मात्रै यतिधेरै पैसा कमाउँछिन् तेरिया मगर….



१० माघ २०७५, काठमाडौँ

तेरिया मगर चिन्नको लागि अपरिचित नाम होइन । १६ बर्षकी तेरियाको पुरा नाम तरिया फौजा मगर हो । रुपन्देही रुद्र्रपुरकी नेपाली चेली तेरिया हाल भारतको मुम्बईमा बसोवास गर्छिन् । सानो उमेरमा नै नाचेर धेरै सफलता पाउने नेपाली चेली विश्वभर चर्चित छिन् ।

उनले भारतको चर्चित रियालिटी शो डान्स इन्डिया डान्स को उपाधी जित्दै आफूलाई डान्सरको रुपमा परिचित गरेकी हुन् । त्यसपछि उनले भारतको अर्को चर्चित रियालिटी शो झलक दिखलाजा को उपाधी पनि जितिन् ।

अहिले तेरिया देश तथा विदेशको कार्यक्रममा निकै व्यस्त छिन् । उनको सामाजिक सञ्जालमा पनि निकै लोभलाग्दो क्रेज रहेकोे छ । तेरिया १ महिनाभरिमा धेरै कार्यक्रममा सहभागी हुन भ्याएकी हुन्छिन् । तर उनले मासिक रुपमा कति कमाउँछिन् भन्ने कुराको जानकारी कसैलाई पनि छैन । तेरियाले १ महिनामा २३ लाखसम्म कमाउने गरेकी छिन् । यति सानो उमेरमा यतिधेरै पैसा कमाउनु पक्कै पनि सजिलो कुरा होइन ।

 

 

प्रतिक्रिया दिनुहोस्