प्रियंका जी ले सालको पात टपरी गीत मन नपरेर छाड्नुभएछ : कुलेन्द्र विश्वकर्मा



८ माघ २०७५, काठमाडौँ

अहिले मानिसले लोकगीत त्यति सुन्ने गर्दैनन् । बजारमा दिनहुँ कयौँ लोक गीतहरु आएका हुन्छन् तर तीमध्ये कमैले मात्र सफलता पाएका हुन्छन् । त्यस्तै अहिले सर्वाधिक रुचाइएको लोकगीत हो, सालको पातको टपरी ।

कुलेन्द्र विक र विष्णु माझीको आवाज रहेको सालको पातको टपरी बोलको गीत अहिले बजारमा सर्वाधिक रुचाइएको छ । गीत सफल भएपछि अहिले कुलेन्द्र विक निकै नै खुसी छन् । उनको गीत हिटमात्र भएन उक्त गीतले अहिलेसम्म लोकगीतको इतिहासमा सबैभन्दा बढी हेरिएको गीतमा आफ्नो रेकर्ड पनि बनाएकोे छ ।

उक्त गीतको भिडियोमा मरिष्का पोखरेल र कुलेन्द्र विकलाई फिचरिङ गराइएको छ । उक्त गीतमा पहिले प्रियंका कार्कीलाई अफर गरिएको तर उनले गीत मन नपरेको भनेपछि मरिष्कालाई अफर गरिएको कुलेन्द्रले बताए । प्रियंकाले एक सातासम्म पर्खाएर पछि गीत मन नपरेको बताएकी कुलेन्द्रले बताए । कुलेन्द्रले सबैले लोकगीतलाई सम्मान गर्नुपर्ने र यसलाई नहेप्न आग्रह गरेका छन् । उक्त गीत प्रियंकाले हेपेर नगरेको कुरा आउन थालेपछि कुलेन्द्रले सबैलाई यस्तो आग्रह गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्