मुस्ताङमा पहिलो पटक खिचिएको बहुप्रतिक्षित र्याप गीत सार्वजनिक



माघ८ २०७५, काठमाडौँ

निकै रमणीय स्थान मुस्ताङमा केहिसमय अघि छायांकन गरिएको चोखो माया बोलको र्याप गीत सार्वजनिक भएको छ । यो पहिलो र्याप गीत हो, जसको छायांकन मुस्ताङमा गरिएको छ ।

सन्तोष लामा सोनुव्यासको शब्द र संगीत रहेको गीतमा नवराज न्यौपानेको आवाज रहेको छ भने गीतमा र्याप भर्जन स्वयम् गुन्डेको नै रहेको छ । उक्त गीतलाई बिनोद रसाईलीले संयोजन गरेका हुन् । अमित नेपालीको छायांकन रहेको गीतमा सन्तोष लामा सोनुव्यासको निर्देशन रहेको छ । उक्त गीतको भिडियोमा गुन्डे र अरुणा लामालाई फिचरिङ गराइएको छ ।

गीतको भिडियोमा हामीले अरुणा र गुन्डेको प्रेम र विछोडको कथा देख्न सक्छौँ । गुन्डेले आफ्नो लागि यो गीत निकै विशेष भएको बताएका थिए । र्याप गीतको इतिहासमै पहिलो पटक सुन्दर क्षेत्र मुस्ताङको कागबेनीमा गीतको छायांकन गरिएकाले पनि यो गीतलाई दर्शकले मन पराउने कुरामा आफू आशातित रहेको गुन्डेले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्