पूर्वपत्नी इशाले रविलाई दिइन् चौथो वैवाहिक जीवनको शुभकामना



८ माघ २०७५, काठमाडौँ

बहुचर्चित सञ्चारकर्मी रवि लामिछानेले हिजो मात्र आफ्नी प्रेमिका चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कानुनी रुपमा विवाह गरेका छन् । उनले गत महिना मात्र आफ्नी पूर्वपत्नीलाई डिभोर्स दिएका थिए । उनले निकितासँग विवाह गर्नको लागि नै आफ्नी पूर्वपत्नी इशालाई डिभोर्स दिएका थिए । रविले निकितासँग विवाह गरेपछि अमेरिकामा रहेकी उनकी पूर्वपत्नी इशाले रविलाई नयाँ वैवाहिक जीवनको शुभकामना दिएकी छिन् ।

इशाले रविलाई चौथो विवाहको शुभकामना दिएकी छिन् । उनले आफू रविको लागि निकै खुसी भएको पनि बताइन् । उनले रविले आफूलाई निकितासँग विवाह गर्नकै लागि डिभोर्स दिएकाले यसमा कत्तिपनि अचम्म नलागेको बताइन् । इशाले रवि र आफ्नो सम्बन्ध नरहेपनि सधैँ उसको खुसी र प्रगतिको कामना गरिरहने बताइन् ।

इशाले आफूलाई जस्तै निकितालाई पनि तिरस्कार गर्न चाहिँ नगर्नु भनेर रविलाई भनेकी छिन् । इशाले आफ्नी २ छोरीको पिताको रुपमा रविलाई चिनाउन पाएकोमा पनि आफू खुसी भएको बताइन् । उनले आफ्ना छोरीहरुको तर्फबाट पनि रविलाई नयाँँ वैवाहिक जीवनको शुभकामना दिनु भनेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्