रवि लामिछानेले गरे निकिता पौडेलसँग विवाह



७ माघ २०७५, काठमाडौँ

धेरै दिनदेखि सामाजिक सञ्जालमा रवि लामिछानेको निकै चर्चा चलिरहेको थियो । उनको श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद भएपछि उनको बारेमा अनेक कुराहरु आउन थालेका हुन् । धेरैसमय अघिदेखि रवि लामिछाने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडलसँग प्रेम सम्बन्धमा रहेका थिए । उनले त्यहि कारणले इशासँग सम्बन्ध विच्छेद गरेको कुरा आएको थियो ।

आज रवि लामिछानेले निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुको सम्बन्धलाई लिएर धेरैले प्रश्न उठाउन थालेपछि रवि र निकिताले आज अदालतमा गएर विवाह पत्र बनाएका छन् । रविले यो कुराको जानकारी आफ्नो आधिकारीक फेसबुकमा स्टाटसका मार्फत् दिएका छन् ।

रविले निकिता र आफ्नो यति छिटो विवाह गर्ने योजना नरहेको तर मानिसले अनेक कुरा काट्न थालेपछि आफूहरुलाई एकअर्काको साथको अत्यन्तै जरुरत परेको बताएका छन् । उनले अहिले विवाहको नियम मात्र पुरा गरेको र आउँदो बैशाखमा रिति रिवाज सहित धुमधामले विवाह गर्ने योजना रहेको बताएका छन् । हाम्रो तर्फबाट पनि रविलाई नयाँ वैवाहिक जीवनको शुभकामना । उनले स्टाटसमा यस्तो लेखेका छन् ।

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

 

 

प्रतिक्रिया दिनुहोस्