चलचित्र प्रेम दिवस को पहिलो गीत रिलिज, आयुष्मानको छेउ सर्दै प्रियंका



७ माघ २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला चलचित्र प्रेम दिवस मा व्यस्त छन् । यो चलचित्रमा पनि आयुष्मान र प्रियंका जोडीको रुपमा नै देखिएका छन् । भर्खरै मात्र चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

महाराज थापाको शब्द र संगीत रहेको तिम्रो छेउ सरु कि म बोलको गीतमा अञ्जु पन्तको आवाज रहेको छ । उक्त गीतमा प्रियंका कार्कीलाई फिचरिङ गराइएको छ । निकै रमाइलो शैलीको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चलचित्र प्रेम दिवस लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका र आयुष्मान मुख्य भूमिकामा रहेका छन् । चलचित्र प्रेम दिवस आउँदो जेठ ३ बाट प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्