आयुष्मान र म एकअर्का बिना बाच्नँ सक्छौँ तर चाहदैनौँ : प्रियंका कार्की



७ माघ २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी अहिलेका निकै चर्चित जोडी हुन् । यो जोडी अहिले चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि निकै व्यस्त हु थालेको छ । आयुष्मान र प्रियंकाले भर्खरै मात्र आयांक नामको फाउण्डेशन खोलेका छन् ।

प्रियंका र आयुष्मान उक्त फाउण्डेशन गरिब दुखीको सहयोगको लागि र महिलाहरुको लागि खोलेको बताएका छन् । त्यतिमात्र नभएर प्रियंका र आयुष्मानले आफ्नो कमाईको १० प्रतिशत उक्त फाउण्डेशनलाई दिने बताएका छन् ।

प्र्रियंका र आयुष्मानलाई उक्त समारोहमा तपाईहरु छुटिनु भयो भने फाउण्डेशनको के हालत हुन्छ भन्दा प्रियंकाले यसको जवाफ जटपट दिएकी छिन् । उनले आयुष्मान र आफू अब आफूलाई सम्हाल्न सक्ने भएकाले एकअर्काबिना बाच्न सक्ने तर आफूले त्यसो गर्न नचाहेको बताएकी छिन् । उनी आफूहरु छुट्टिन नचाहने बताउँछिन् । प्रियंका र आयुष्मान आउँदो असारमा विवाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्