सलमान खानको आग्रहमा कपिल शर्मा शो मा फर्कदैँ मसुर गुलाटी



७ माघ २०७५, काठमाडौँ

कपिल शर्मा भारतका चर्चित कमेडियन हुन् । उनलाई किङ्ग अफ कमेडि भनेर पनि चिनिने गरिन्छ । उनको चर्चित रियालिटी शो द कपिल शर्मा शो निकै चर्चित छ । पहिलो सिजन पनि निकै नै रुचाइएको थियो । तर उनी र उनको साथी सुनिल ग्रोवरसँग झगडा भएपछि कपिलको शो नै बन्द भएको थियो ।

अहिले कपिलको द कपिल शर्मा शो फेरि सुरु भएको छ । सुरु भएसँगै यो शो ले दर्शकको मन पनि जित्न सफल भैरहेको छ । सुनिल ग्रोवर अथाएत् डाक्टर मसुर गुलाटी कपिल शर्मा शो का अत्यन्तै चर्चित पात्र हुन् । उनलाई दर्शकले निकै रुचाउने गर्छन् । तर दोस्रो सिजन सुरु भएर पनि केहि भाग सकिदासम्म उनी आएका छैनन् ।

अब मसुर गुलाटीका फ्यानका लागि खुसीको खबर आएको छ । उनी पुन द कपिल शर्मा शो मा आउने भएको छन् । कपिल शर्मा शो लाई बलिउडका स्टार अभिनेता सलमान खानले लगानी गरेका हुन् । उनकै आग्रहमा सुनिल कपिल शर्मा शो मा फर्कने लागेको कुरा भारतीय मिडियाले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्