अष्ट्रेलियामा नेपाल आइडलका उत्कृष्ट ६ प्रतिस्पर्धीको लाइभ कन्सर्ट हुदैँ



७ माघ २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ सकिएसँगै नेपाल आइडल सिजन २ को उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धीले आफ्नो पहिलो अन्तराष्ट्रिय भ्रमण जापानमा  गरेका थिए । जापानको विभिन्न ठाउँमा आफ्नो प्रस्तुती दिएर नेपाल फर्किएका प्रतिस्पर्धी अब चाडँै नै अष्ट्रेलिया पनि जादैँछन् ।

अष्ट्रेलियाको सिड्नीमा हुने लाइभ कन्सर्टनमा नेपाल आइडलका उत्कृष्ट ६ प्रतिस्पर्धी सहभागी हुनेछन् । उक्त शो मा विशेष रवि ओड हुनेछन् । उनी नेपाल आइडलका विजेता भएकाले उनको क्रेज बढी देखिने सम्भावना देखिएको छ ।

सबै प्रतिस्पर्धीले आफ्नो रमाईला प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिनेछन् । उक्त कार्यक्रममा रिमा विश्वकर्मा पनि हुनेछिन् । उनीले नै कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्