सलिनमान भन्छन्, मलाई अनमोल केसीसँग दाज्न मिल्दैन



७ माघ २०७५, काठमाडौँ

आजभोली अधिकांश चलचित्रमा नयाँ कलाकारको आगमन बढ्दो छ । तर कमै कलाकारले मात्र दर्शकको मन जित्न सफल भएका छन् । जसमध्ये एक सलिनमान बनियाँ पनि एक हुन् । उनी चलचित्र ए मेरो २ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएका हुन् । उक्त चलचित्रमा उनको जोडी नायिका साम्राज्ञी राज्यलक्ष्मीसँग बाधिएको थियो । चलचित्र निकै सफल पनि भयो ।

पहिलो चलचित्रबाट सफलता मिलेपछि यतिबेला सलिनमान आफ्नो दोस्रो चलचित्र यात्रा मा व्यस्त छन् । चलचित्र यात्रा यहि चैत्र २९ बाट प्रदर्शनमा आउँदै छ । सोही मितिमा अनमोल केसी स्टारर चलचित्र ए मेरो हजुर ३ पनि प्रदर्शनमा आउँदै छ । त्यसैले सबैले चैत्र २९ लाई निकै ठूलो भिडन्तको रुपमा हेरेका छन् ।

यस्तैमा सलिनमानलाई एक अन्तवार्तामा यसबारे सोध्दा उनले आफूलाई अनमोलसँग दाज्न नमिल्ने बताएका छन् । उनले अनमोलले ५ वटा चलचित्रमा काम गरिसकेको र आफूले भर्खरै दोस्रो पटक चलचित्रमा काम गरेको बताएका छन् । त्यतिमात्र नभएर उनले दर्शकले आफूलाई आफ्नो अभिनयका कारण नभएर आफ्नो स्टाइलको कारण मन पराएको पनि बताए । उनले आगामी दिनमा आफ्नो अभिनयलाई सुधार्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्