जापानबाट नेपाल आउनु अघि रबिले सबैलाई सम्झिदै लेखे यस्तो स्टाटस !



२४ पुस २०७५, काठमाडौँ

चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता रवि ओड सहित टप ५ प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी सहित अमित बराल एक साता अघि जापान पुगेका थिए ।

३१ डिसेम्बर २०१८ मा जापान उडेका रवि ओड सहितको टोलीले जापानको नागोया, फुकुओका र टोकियोको बिभिन्न ठाउँमा कार्यक्रम सम्मपन्न गरि सोमबार नेपाल फर्किएका छन् ।

रविले नेपाल आउनु अघि आफ्नो एक तस्विर शेयर गर्दै सबैलाई सम्झी स्टाटस लेखेका छन् । उनले “एक हप्ता भन्दा बढिको बसाँईपछि आज जापान बाट पुन नेपाल फर्कंदै छु । जापान बसाई क्रममा नागोया , फुकुओका र टोकियोको सहरका बिभिन्न ठाउँमा कार्यक्रम सम्मपन्न भयो । सर्वप्रथम त रेस्पेक्ट एण्ड राइज तथा सम्पुर्ण कार्यक्रम आयोजकलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु चाहन्छु । साथसाथै नेपाल आईडल लाई पनि हृदयदेखि सम्झिन चाहन्छु । जापानको बिभिन्न सहरमा भव्यताका साथ कार्यक्रममा सम्पन्न गराइदिन आफ्नो अमुल्य समय दिई उपस्थित भैदिनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै–धेरै धन्यवाद । हजुरहरुको यति धेरै माया, साथ र सपोट पाउँदा एकदमै खुसी लाग्यो ।” भनी लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्