जपानमा मज्जाले नाच्दै गाईन अस्मिताले (भिडियो सहित)



२४ पुस २०७५, काठमाडौँ

नेपाल आईडल सिजन २ का टप ५ प्रतिस्पर्धी अहिले साङ्गीतिक प्रस्तुततिका लागि जापान पुगेका छन् । नेपाल आईडल सिजन २ का विजेता रवि ओड सहित विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन् ।

जापानमा आफ्नो साङ्गीतिक प्रस्तुती दिने क्रममा मिठो स्वरकी अस्मिताले स्टेजमा गीत प्रस्तुत गर्नुको साथै नाँचेर दर्शकलाई मनोरञ्जन दिईन् । आईडलकी थर्ड रनरअप अस्मिताले कम्मर माथि पटुकी भन्ने बोलको गीतमा आफ्नो नृत्य समेत प्रस्तुत गरेकी छिन् ।

आईडलका टप ५ प्रतिस्पर्धीहरुले जापानको फुकुओका, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्