प्रम ओलीद्वारा पत्रकार गुरुङको ‘निरन्तर नेतृत्व’ पुस्तक विमोचन



१६ पुस २०७५, काठमाडौँ

प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङको “निरन्तर नेतृत्व’ पुस्तक काठमाडौंको टुँडिखेलमा विमोचन गरेका छन् ।

गुरुङहरुको महान चाड तमूल्होछारको अवसर पारेर पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले समाजका लागि पुस्तकले सकारात्मक सन्देश दिनुका साथै लेखकले समाजमा लेखेरै योगदान दिनुपर्नेमा अझ जोड दिएका थिए ।

उक्त पुस्तकलाई ल्होछारको अवसरमा नेपालमा मात्र नभएर बेलायतमा समेत विमोचन गरिएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले तमुधिं युकेले आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्