रहेनन सवैका प्यारा हाँस्यकलाकार कादर खान



विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाए अनुसार भारतीय सिनेमाका दिग्गज हस्ती हाँस्यकलाकार कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि क्यानडामा उपचाररत हाँस्यकलाकार खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर रोग लागेको थियो ।

खानले सन् १९७३ मा फिल्म दाग मार्फत् बलिउड डेब्यू गरेका थिए । “बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा” लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको लागि डायलग पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्