मुकुन्देले फेसबुकमा रविको आमालाई २५ लाखको चिट्ठा पचाउन नसकेर ठहरै मर्याे भनेपछि…



नेपाल आईडल २ का विजेता रवि ओडको खुशी केही दिनमै दुःखमा परिणत भएको छ । गएको हप्ता उनलाई मातृ शोक परेको थियो ।

आमाको निधन पश्चात आमालाई अन्तिम श्रद्धाञ्जली दिन जन्मघर पुगेका रविलाई देश विदेशमा बस्ने उनका शुभचिन्तकहरुले दुःखद् घडीमा धैर्य धारणका साथै भविष्यको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सामाजिक संजालमा उनलाई यो दुःखद् घडीमा साथ दिन निकैले सकारात्मक पोष्टहरु गरेको अवस्थामा मुकुन्दल्याण्डको सपना देख्ने मुकुन्देले भने नकारात्मक टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा, ‘गरीब आईडलकी सौतेनी आमालाई २५ लाख बढीको चिट्ठा पर्याे, सपनामा पनि नदेखेको पैसा पाएर ठहरै मर्याे, ठूलो खुशी पचाउन पनि मुकुन्दल्याण्डको सपना चाहिन्छ, वर्षभरिका ३६५ दिन नै दशैं हुने व्यवस्था ल्याईन्छ, यहाँ करोड बढीको करोड जति स्वास्नी पालिनेछ, कोही रानी हुने कोही दासी हुने सामन्तवाद फालिनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्