इटहरीमा नारा लाग्यो : ‘करप्सन भर्सेस लभ’



१२ पुस २०७५, इटहरी

श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवाका विषयलाई लिएर सामाजिक सञ्जाल देखि सडकमा समेत सरकारका विरुद्धमा आवाज उठ्न थालेको छ । सञ्जेलको सरुवापछि उनलाई भष्ट्चार विरुद्धको अभियानका अभियान्ताको रुपमा परिभाषित गर्दै सामाजिक सञ्जाल देखि सडकमा समेत उनको सरुवाको विषयलाई लिएर विरोद्ध आवाजहरु उठेका हुन ।

यसै क्रममा सुनसरीको इटहरीमा पनि सामाजिक अभियान्ताहरुले सञ्जेलको सरुवाको विषयलाई लिएर विरोध प्रर्दसन गरेका छन । इटहरीको मुख्य चौक क्षेत्रमा सामाजिक अभियान्ताहरुले विभिन्न प्लेकार्ड र सञ्जेलको सरुवाको विरोध जनाउदै सरकारलाई आँखा नचिल्लीन भन्दै दिउँसै मैन बत्ति बालेर उनीहरुले सरकारको खिल्ली उडाएका छन् ।

सरकारले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा भष्ट्चार विरुद्धमा लागेर काम गरिएको समयमा आफुलाई तीन महिना नपुगी सरुवा गरिएको भन्दै उपसचिव सञ्जेलले विरोध जनाएका थिए ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सञ्जेलको पक्षमा ट्वीट गरेका थिए । मङ्गलबार गरिएको सो ट्वीटमा सञ्जेललाई आफूले नचिनेको तर उनी मुख्य सचिव हुनुपर्ने मान्छे भएको भन्दै ट्वीट गरिएको थियो ।

सञ्जेलले २ दिन अघि विराटनगरमा पत्रकार सम्मेलन नै गरेर आफूमाथि अन्याय भएको र विनाकारण सरुवाको पूर्जी थमाइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्