प्रदेश नं १ मा सवारी कारवाहीदेखी चेतनामुलक कार्यक्रमसम्म



१२ पुस २०७५, इटहरी

१ नं प्रदेशका १४ जिल्लामा हिजो बिहान ६ बजेदेखी आज बिहान ६ बजेसम्म २४ घण्टामा  ७ सय ४१ वटा सवारी साधन कारवाहीमा परेका छन । १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७४१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने  ३२ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १४  जना,  विना हेल्मेट मोटरसाईकल चलाउने १० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८४ जना, सवारी चालक अनुमति पत्र नभएका ४२ जना रहेका छन ।

त्यस्तै सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २३ जना, जथाभावी पार्किङ्ग गर्ने २४ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ५५ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको २६ जना, सुरक्षा पेटी नबाधेको १९ जना, कागज पत्र साथमा नराखेको १६३ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ७ जना,  सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३३ जना रहेका छन ।

कारबाहीमा पर्नेमा तिब्रगतीमा सवारी चलाएको २ जना, हर्न निषेधमा हर्न बजाएको ८ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २२ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३१ जना, लापरवाही साथ सवारी साधन चलाएको १४३ जना र विना रुट परमिट सवारी साधन चलाएको ३ जना गरी जम्मा  सात  सय एकचालिस जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

सचेतनामुलक कार्यक्रमहरु संचालन
सवारी कारवाही संगै ट्राफीक पहरीले बिभिन्न ठाउमा चेतनामुलक कार्यक्रम संचालन गरेको छ । हिजो इटहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डी राज गिरी सहितको टोलीले दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटना न्यूनीकरणको लागि पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला मोरङ्ग दुलारी, लेटाङ्ग मोड र उर्लाबारी पूर्व बस स्टेण्डमा ३०० जना मोटरसाईकल, स्कुटर दुई पाङ्ग्रे सवारी साधनका चालकहरुलाई सदैव गति सिमित गरी चलाउन, मोटरसाइकल तथा स्कुटर चलाउदा बढी जोखिम हुने भएको हुँदा दुर्घटना भएको अवस्थामा ज्यानै समेत जान सक्नो भएकोले आफ्नो सवारीलाई सदैव सजग भई सुरक्षित तरिकाले चलाउन, दुर्घटनाबाट बच्ने र बचाउने उपाय लगायत विविध ट्राफिक नियम सम्बन्धी सडकमा नै ५ मिनेट प्रशिक्षण कार्यक्रम गरीएको थियो ।

हिजै धनकुटा जिल्लाको विभिन्न स्थाहरुमा संभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न सवारी साधनका चालक हरुलाई आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन गर्न नदिन फग लाइटको प्रयोग, बत्तीको प्रयोग, ब्रेक डिस्टेन्स, लेन अनुशासन, शुरक्षित सवारी ओभरटेक र सुरक्षित सडक प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

त्यस्तै ‘दुर्घटना घटाऔ मान्छे बचाऔं’ अभियान अन्तर्गत हिजोसंभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्याक्टर चालक हरुलाइ आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन गर्न नदिन फग लाइटको प्रयोग,सवारि चलाउदा अनिवार्य जुत्ताको प्रयोग गर्ने, बत्तीको प्रयोग, ब्रेक डिस्टेन्स लेन अनुशासन सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

त्यस्तै हिजै उदयपुरको कनपा १ बेलसोत स्थित ८ जना ट्रिफर चालकहरुलाई भेला जम्मा गराई ट्राफिक प्रहरी पोस्ट बेलसोत उदयपुरका प्रहरी हवल्दार तुलसी प्रसाद पोखरेलले तिब्र गति र क्षमता भन्दा बढि सामान ढुवानी गर्दा हुन सक्ने सवारी दुर्घट्नाको बरेमा जानकारी गराउनका साथै ओभरटेक गर्ने तरिकाका बारेमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको प्रहरी नायव उपरीक्षक प्रसाइले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्