बूनपा १२ द्वारा व्यवसाय अनुगमन शुरु



११ पुष २०७५, काठमाडौँ

बूढानीलकण्ठ नगरपालिका वडा १२ ले आफ्ना वडाभित्र संचालित पसल तथा व्यवसाय अनुगमन शुरु गरेको छ ।

वडा अध्यक्ष शम्भु भट्टराई लगायत वडा सदस्य शान्ता ढकाल, पुरुषोत्तम नेपाल, वडा सचिव मेघनाथ पोख्रेल सहित कर्मचारीहरु समेतको टोलिले खरिबोट देखी फैका चोक सम्मका पसल तथा व्यवसायहरु अनुगमन गरेको थियो । अनुगमनमा पसल तथा व्यवसायहरुको दर्ता, घर बहाल कर, अन्य निकायमा भएको दर्ता लगायतको जानकारी टोलिले लिएको थियो ।

लामो समयदेखि संचालनमा रहेका विभिन्न किसिमका व्यवसायहरु दर्ता तथा नविकरण नहुदा र धेरै घर धनीहरुले घर बहाल कर नतिरेका घर धनीहरुलाई करको दायरामा ल्याउन समेत गर्न वडा बाध्य रहेको वडाध्यक्ष भट्टराईले बताए ।

वडाध्यक्ष भट्टराई भन्छन्, अनुगमन गर्नु हाम्रो रहर हैन बाध्यता हो ।

व्यवसायीहरु आफ्नो व्यवसाय प्रति उत्तरदायी भएमा हामीले यस्ता किसिमका अनुगमन गर्नु नपर्ने समेत बताईएको थियो ।

अभियान निरन्तर चल्ने र सबै किसिमका व्यवसायहरुलाई वडाको अभिलेखमा ल्याउन यो अभियान शुरुगरिएको वडा सदस्य शान्ता ढकालले बताइन् ।

बूनपा वडा न. १२ करको दर भन्दा पनि दायरा बढाउने प्रयासमा रहेकोले अनुगमनलाई तिब्रता दिएको वडा सदस्य पुरुषोत्तम नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्