भोजपुरे सेवा समाज युएईद्वारा क्यान्सर पिडित विकलाई आर्थिक सहयोग



११ पुष २०७५, भोजपुर

मन वचन र कर्मले सेवा गरौं भन्ने मुल मन्त्रका साथ भोजपुरे सेवा समाज युएईले रक्त क्यान्सरबाट पिडित असली मैया विकलाई नगद सहयोग प्रदान गरेको छ। भोजपुर जिल्ला षडानन्द नगरपालिका १ घर भएकी रक्त क्यान्सर ( द्ययियम ऋबलअभच) जस्तो प्राण घातक रोगको शिकार भई विगत केही समय देखि भक्तपुर क्यान्सर अस्पताल भक्तपुरमा उपचार गराइरहेकी बिकलाई युएईमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरेर उक्त रकम हस्तान्तरण गरेका हुन।

परिवारको आर्थिक अवस्था निकै कमजोर रहकाले थप उपचारको लागी भोजपुर सेवा समाज युएईले विक थप उपचारमा सहयोग पुर्याउन असली मैयाँ बचाऔं अभियान अन्तर्गत नगद रु ४१६७४ सहयोग गरेको भोजपुर सेवा समाजका अध्यक्ष भिम थापाले परिवर्तन खबरलाई जानकारि दिनु भयो।

उक्त रकम सस्थाका संरक्षक खेम राज बस्नेत सहित षडानन्द नगरपालिकाका मेयर विरबल राईले विकलाई भेटेर हस्तान्तरण गरेको महासचिव बिमला लामिछानेले जानकारि गराईन ।

सामाजिक कार्यमा सम्लग्न भोजपुर सेवा सामज युएईले यस्ता किसिमको सहयोग बिगतमा पनि धेरैलाई गर्दै आईरहेको समाजका उपाध्यक्ष तथा प्रवक्ता दिपक चन्द्र दहालले बताए । साथै सम्पुर्ण सहयोगी मनहरुलाई समाजका कोषाध्यक्ष दिपक थापाले खुलेर प्रशम्सा गर्दै धन्वाद समेत दिए।

बिगत देखि अहिले सम्म गर्दे आएका सहयोगमा सम्पुर्ण भोजपुर सेवा सामाजको हात रहेको सचिव सुरेन्द्र लामाले जनाए।

प्रतिक्रिया दिनुहोस्