रवि ओडलाई मातृ शोक



११ पुस २०७५, काठमाडौं

नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

अस्पतालका अनुसार बुधबार बिहान करेन्ट लागेपछि घाइते भएकी रविको आमालाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याईए पनि उनको पहिले नै मृत्यु भईसकेको थियो ।

प्रायः अन्तरवार्ताहरुमा रविले आफूलाई जन्मदिने आमाकोे पहिले नै निधन  भईसकेको भए पनि कान्छी आमा विष्णाले आफूहरुलाई कहिल्यै आमाको कमी महसुस हुन नदिई हुर्काएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्