खुम्बुवान् र तराईमुक्ति मोर्चा शान्ति प्रक्रियामा !



०७ पुस २०७५, इटहरी

पूर्वी तराईका साथै पहाडी क्षेत्रमा सशस्त्र राजनीति गर्दै आएका दुई समूह शान्ति प्रक्रियामा आएका छन् । सुनसरी सदरमुकाम इनरुवामा शनिवार खुम्बुवान् मुक्तिमोर्चा (संयुक्त) र जनतान्त्रिक तराई मुक्तिमोर्चा (विवेक समूह) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएका छन् । खुम्बुवान् मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबिच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेभिड खुम्बुले हतियार बुझाएको थियो ।

कार्यक्रममा मोर्चाले एक थान मास्केट, चार थान भरुवा बन्दुक, एक थान पेस्तोल र भरुवा बन्दुकमा लाग्ने गोली र चार थान पेस्तोलमा लाग्ने गोली बुझाएको नेपाल सरकारका वार्ता टोलीका सदस्य सुरेश आलेमगरले जानकारी दिए ।

त्यसै गरी शनिवारै सदरमुकाम इनरुवामा जनतान्त्रिक तराई मुक्तिमोर्चा (विवेक समूह)ले पनि हतियार बुझाएको छ । नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाएको सरकारका वार्ता टोली सदस्य लीला भण्डारीले जानकारी दिए ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) का वार्ता टोली संयोजक विनोदकुमार यादव भन्ने विवेक यादवले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली सरकारका वार्ता टोली संयोजक पाण्डेलाई बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्