भूमिमाथिको अधिकार र ग्रामथान संरक्षण विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न



०७ पुस २०७५, इटहरी

थारुहरुको एैतिहासिकतासँग जोडिएको ग्रामथान र भूमिमाथिको अवधारणा सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । सुनसरीको इटहरीमा भुमिको अवधारणा र भूमिमाथिको अधिकार र ग्रामथान संरक्षण नाम दिएर शुक्रवारबाट कार्यशाला सुरु भएको थियो ।

नेपालका आदिवासीहरुको मानव अधिकार सम्वन्धी वकिल समूह लाहुर्निपको आयोजनामा आदिवासीहरुको भूमिमा अधिकारका विषयमा शुक्रवारबाट अन्तरक्रिया सुरु भएको थियोे । युवा विकास केन्द्रमा भएको अन्तरक्रिया कार्यक्रममा लाहुर्निपका केन्द्रीय उपाध्यक्ष दिनेश घलेले अधिकार र कानुनका विषयमा सहजिकरण गरिएको थियो ।

त्यसैगरी ग्रामथानका संरक्षणका विषयमा स्थानीय आयोजक आदिवासी मानव अधिकार प्रतिरक्षक क्षेत्रीय प्रतिनिधि गोपाल देवानले सहजिकरण गरेका थिए भने सुनसरीमा रहेका ग्रामथानका विषयमा आदिवासी जनजाति पत्रकार संघ सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरीले जानकारी गराएका थिए ।

कार्यक्रममा आदिवासी मानव अधिकार प्रतिरक्षक सुनसरी प्रतिनिधि विना तामाङ्ग लगायत आदिवासीसँग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्