आजको राशिफल



वि.सं. २०७५ साल पुस ७ गते। शनिबार। इश्वी सन् २०१८ डिसेम्बर २२ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– पूर्णिमा, २४:१२ बजेउप्रान्त प्रतिपदा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले अलि सताउनेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले स्रोत–साधन जुटाए पनि खर्चको मात्रा अलि बढ्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यवसायमा लगानी बढाउने समय छ। परिस्थितिले आकस्मिक खर्च गराए पनि सरसापट वा कर्जा लिएर धन जुटाउन सकिनेछ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले मन आनन्दित हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्कालै हातलागी भने नहुन सक्छ। दिउँसोदेखि आम्दानीको आशा त्यागी सञ्चित रकम खर्चनुपर्ने स्थिति आउन सक्छ। कर्जाको धन भने मनग्गे प्राप्त हुनेछ। नियमित काम सम्पादन हुनेछन् र लामो यात्राको अवसर पनि प्राप्त हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तर अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर जुट्नेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। नाम, दाम र इनाम हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सोखले खर्च निम्त्याए पनि पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि, बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। हिम्मतले काम लिँदा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। गुरुजनसँग मित्रता बढ्नेछ। मध्याह्नदेखि केही चुनौतीहरू देखा पर्नेछन्। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही अवरोध आए पनि हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। हतारको निर्णयले काम बिग्रन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। शुभचिन्तकहरूले काममा साथ दिनेछन्।

प्रतिक्रिया दिनुहोस्