चर्चित कोरियोग्राफर शकंर वि.सी चलचित्र निर्देशन गर्दै



०२ पुष २०७५, काठमाडौँ

शंकर वि.सी नेपालका नाम चलेका नृत्य निर्देशक हुन् । उनले २ हजार भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् भने त्यति नै म्यूजिक भिडियो निर्देशन पनि गरिसकेका छन् । उनी धेरै जसो लोकदोहोरी गीतमा देखिने गर्छन् ।

म्यूजिक भिडियोबाट अपार सफलता पाएपछि अब उनले चलचित्र पनि निर्देशन गर्ने भएका छन् । उनले आफूले २ बर्षदेखि तयार पारेको कथामा चलचित्र निर्देशन गर्ने बताएका छन् । उनले हाल चलचित्रको स्क्रिप्टको काम भैरहेको बताएका छन् ।

शंकरले चलचित्र हाँस्यप्रधान हुने बताएका छन् । त्यतिमात्र उनले चलचित्रका लागि माग्ने बुढासँग कुरा भैरहेको बताएका छन् । तर माग्नेबुढाले चलचित्र गर्ने वा नगर्ने जानकारी गराएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्