ध्वजे डाँडामा प्याराग्लाइडिङको टेष्ट फ्लाईट



२८ मङ्सिर २०७५, सुनसरी

प्रदेश १ मा पछिल्लो समयमा ओझेलमा रहेका पर्यटकीय गन्तव्यको खोजी र त्यसको सदुपयोगमा जागरुपता देखिन थालेको छ । बिराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु भएको छ भने पाँचथर र धनकुटाका टाकुराबाट प्याराग्लाईडीङ परीक्षण गर्न थालिएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेर पनि ओझेलमा रहेको धनकुटाको चौबिसे क्षेत्रमा पर्ने डाँडा बजार स्थित ध्वजे डाँडाबाट पनि प्याराग्लाइडिङको परीक्षण गरिने भएको छ । यसको सम्भाव्यताको लागि शनिवार बिहान टेस्ट फ्लाइट गर्ने तयारी भइरहेको छ ।

साहसिक पर्यटन सम्बद्ध संस्थाहरूको छाता संस्था एक्स्ट्रीम धरान र बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले ध्वजे डाँडाबाट टेस्ट फ्लाइट गर्न लागेको हो । फ्रान्सबाट २ जना अनुभवी पाइटलसहितको टोलीले टेस्ट फ्लाइट गर्ने एक्स्ट्रीम धरानका सचिव राम राईले जानकारी दिए ।

एक्स्ट्रीम र बुढासुब्बा प्रालि आफैले खर्च व्यवस्थापन गरेर टेस्ट फ्लाइट गर्न लागेको हो । यो कुरा थाह पाएपछि स्थानीयबासीले पनि सहकार्य गर्ने भएका छन् । पर्यटनको प्रचुर सम्भावना भएको डाँडा बजार र ध्वजे डाँडाबाट प्याराग्लाइडिङको टेस्ट फ्लाइट सफल भयो भने थप पर्यटकीय आकर्षण पनि बढ्ने स्थानीयको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस्