प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण



२७ मङसिर २०७५, काठमाडौं

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., खैरनीटारस्थित नं. ३ बाहिनी अड्डा र सैनामैनास्थित श्री नं.२ तालिम गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत बस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्