बुढानिलकण्ठ मन्दिरको सुन्दर परिसरमा कवि सम्मेलन सम्पन्न



१५ मंसिर २०७५, काठमाडौं

बुढानिलकण्ठ मन्दिरको सुन्दर परिसरमा आज ‘कवि सम्मेलन’ कार्यक्रम सम्पन्न भएको छ ।

टोखा नगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । दिपक निरौलाको संयोजनमा सम्पन्न कार्यक्रममा ठुलो संख्यामा कवि तथा कवयत्रीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिता कवि तथा कवयत्रीहरुको कविताको भावले हालको नेपालको स्थिती तथा नेपाली चेलीहरुको दयनीय अवस्थालाई पुर्ण रुपमा उठान गरेको थिए ।
कार्यक्रममा करिब १०० को हाराहारीमा कविताहरु वाचन गरिएका थिए । सहभागी कवि–कवयत्रीहरुलाई मायाँको चिनोको रुपमा रुद्राक्षका माला लगाईदिईएको थियो ।


कार्यक्रममा बुढानिलकण्ठका तथा टोखा नगरपालिकाको प्रमुख तथा उपप्रमुख, तथा विभिन्न क्षेत्रमा कलम चलाउने साहित्यकारहरु साथै अधिक मात्रामा मिडियाकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्