एक सय २९ वर्षपछि ६० देशले परिवर्तन गरे किलोग्राम, आखिर किन ?



हाम्रो दैनिक जीवनसँग जोडिएको शब्द किलोग्राम अर्थात् किलोको परिभाषा परिवर्तन भएको छ । अब एक किलोग्रामलाई प्लांक कन्स्टेन्टको आधारमा मापन गरिनेछ । यद्यपी, यसले दैनिक जीवनलाई भने प्रभावित पार्दैन । तर उद्योग र विज्ञानमा यसको व्यवहारिक प्रयोग हुने आशा छ किन भने यहाँ सटिक मापन गर्नैपर्ने हुन्छ ।

अब सन् २०१९ को मे २० तारिखदेखि वैज्ञानिकले किलोग्रामलाई मापन गर्ने नयाँ तरिका अपनाउनेछन् भने विद्यार्थीहरुले पनि परीक्षामा यही परिभाषा लेख्नुपर्नेछ ।

गुरुत्वाकर्षणको हिसाबले परिवर्तन हुन्छ तौल
हामी ठोस सामग्री तौल गर्नका लागि जुन किलोग्राम शब्दको प्रयोग गर्छौं, त्यो वास्तवमा द्रव्यमान (mass) को अन्तर्राष्ट्रिय इकाई हो । द्रव्यमान अर्थात् कुनै पनि वस्तुको वास्तविक तौल । हामी जुन तौलको मापन गर्छौं त्यो उक्त स्थानको गुरुत्वाकर्षणमा निर्भर हुन्छ । विभिन्न स्थानको गुरुत्वाकर्षण फरक हुन्छ त्यसकारण कुनै वस्तुको धर्ती र चन्द्रमामा तौल फरक–फरक हुन्छ जबकी द्रव्यमान समान हुन्छ ।

सन् १७९५ मा एक किलोग्रामलाई चार डिग्री सेल्सियस तापक्रम भएको एक लिटर पानीको तौल बराबर मानियो । सन् १८८९ देखि प्लेटिनम र इरिडियम मेटललाई मिलाएर एउटा सिलिडन्रको आकार दिइयो । यसलाई इन्टरनेशनल प्रोटोटाइप अफ किलोग्राम भनियो । यो तौललाई सन् २०१८ को नोभेम्बर १६ तारिखसम्म एक किलोग्रामको मान्यता दिइयो । यो प्रोटोटाइपलाई सन् १८७९ मा जोनसोन मेटहेले डिजाइन गरेका थिए । यसको हुबहु आकार र तौल भएको थप ६ वटा सिलिन्डर बनाइएको थियो जसलाई फ्रान्सको इन्टरनेशनल ब्यूरो अफ वेट्स एण्ड मेजर्समा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्