के हो त ? जाडो याममा हुने पिनास, सुखी जीवनशैलीका लागि जान्नैपर्ने जानकारी



२० कार्तिक २०७५, काठमाडौं

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई  साइनस भनिन्छ । साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ ।

 

साइनोसाइटिस भनेको साइनसहरूको इन्फ्लामेसन हो । साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरू हुन् जो ससाना प्वालहरू ओस्टियमको माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन् । यस्ता साइनसहरू चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस, म्याक्जिलरी साइनस, इथमोइडल साइनस, स्फेनोइडल साइनस आदि । यिनीहरूलाई समग्रमा पारानेजल साइनसेस पनि भनिन्छ ।

पिनासले जाडो मौसममा धेरै दुःख दिन्छ । रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो–धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका नाकका एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन्

पिनासका कारण बढदो उमेरका मानिसहरूमा विभिन्न लक्षणहरू देखिन्छन्–

  1. बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाटसिँगान बगिरहनुऽ ज्वरो आउनु आदि ।
  2. वयस्कमा दिउसो सुख्खा खोकी आउनु । रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कानमा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ ।
    3. नाक बन्द भइरहने,
    4. टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
    5. सुँघ्ने शक्तिमा कमि आउने
    6. साइनास को क्षेत्रमा पीडा हुने ।
    7. आधाकपाल दुख्नेर
    8. नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने
    9. माथिल्ला दाँतहरू दुख्ने ।
    10. आँखाको परेला सुन्निने ।
    11. नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

पिनासबाट हुन सक्ने जटिलता–

नाक र पिएनएसमा सीमित पिनासका कारण नाक र पिएनएसका झिल्ली सुन्निएर वा स्राव निस्कने ग्रन्थिरूहरूमा अवरोध भई मासु पलाउन सक्छ । कहिलेकाहीँ पिएनएस वरिपरिका हाडभित्र संक्रमण भई अस्टियोमिलिटिस हुन सक्छ ।

आँखा वरिपरि स् पिनास आँखा वरिपरिका हाड तथा अरू तन्तुमा फैलन सक्छ । त्यस्तो अवस्थामा आँखा सुन्निने, आँखाको दृष्टि कमजोर हुने वा आँखै नदेख्ने सम्भावना पनि हुन्छ । मस्तिष्कमा असर स् फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरू मस्तिष्कको नजिक अवस्थित छन् ।

यी भागहरूको पिनास सुधार नभएको अवस्थामा संक्रमण मस्तिष्कमा फैलिएर मस्तिष्क सुन्निने, मस्तिष्कको झिल्लीबाहिर पिप जम्ने, मस्तिष्कभित्र पिप जम्ने, मस्तिष्कभित्र ठूलो रक्त नली संक्रमण हुनेजस्तो समस्या विकसित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यान समेत जान सक्छ ।
पिनासका कारण कानभित्रको मध्यभाग, घाँटी तथा टन्सिलको संक्रमण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्