पुलिसमा भर्ना हुँदा महिलाको ‘कुमारित्व’ जाँचिने कस्तो देश



प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनौट, स्वास्थता र शैक्षिक योग्यता मापन गरिन्छ । तर, के प्रहरीमा भर्ती हुन महिलाको कुमारित्व नापिएला ? सुन्दा यो अनौठो लाग्न सक्छ । किनभने, हाम्रो देशमा यस्तो गरिँदैन ।

तर, इन्डोनेसिया देशमा पनि यस्तो लैंगिक विभेदकारी देखिने अनौठो चलन रहेछ । त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको ‘भर्जिनिटी’ जाँच गरिन्छ । उक्त जाँचमा कुमारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिँदैनन् ।

त्यसमा पनि रोचक कुरा त यो छ कि, जागिर खान चाहने महिलाको कुमारित्व पनि पुरुषले नै जाँच गर्छन् । त्यहाँ यस्तो कार्यलाई ‘दुई औंले’ जाँच भनिन्छ ।

खबरअनुसार प्रहरीमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औंला छिराएर जाँच गरिन्छ । त्यसो गर्दा योनीको जाली च्यातिए–नच्यातिएको परीक्षण गरिन्छ ।

इन्डोनेसियामा महिलाको कुमारित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको छ ।

त्यसैगरी, प्रहरीमा भर्ना हुन महिला कुमारी भएर मात्रै हुँदैन, उनीहरू निकै सुन्दर र शारीरिक रूपले आकर्षक देखिनु नि उत्तिकै आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्