कपन प्रहरीद्वारा अहिलसम्मकै ठूलो मात्रामा लागुऔषध बरामद



१५ कार्तिक २०७५, काठमाडौं

पछिल्लो समय कपन प्रहरी प्रभागको सक्रियताले यस क्षेत्रको अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा उल्लेख्य सुधार देखिएको छ । यसैक्रममा कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवर सहितको टोलीले गोप्य सूचनाको आधारमा लागुऔषध कारोवारीबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ लसुनटारमा केही मानिसहरुले अवैध लागुऔषध विक्रि वितरण तथा सेवन गर्दै गरेको अवस्थामा वर्ष ३० का दिपेन्द्र खत्रीको शरीरमा खानतलासी गर्दा केही लागुऔषध फेला परेको थियो ।

खत्रीसँग प्रहरीले सोधपुछ गर्दा कामपा ७ डेरा गरी बस्ने ३४ बर्षीय राम बहादुर थापा र काठमाडौं गोठाटार बस्ने ४१ बर्षिय नवराज शाही मार्फत लागुऔषध विक्रि वितरण गरेको तथ्य फेला पारेपछि आवश्यक अनुसन्धान गर्दा निजहरुको कोठाबाट फेनार्गन एम्पुल ८८ थान,  डाईजेल्याप एम्पुल ८८  थान, नुफिन एम्पुल ८८ थान गरी जम्मा लागुऔषध २६४ थान सहित ३ थान मोबाईल फेला पारेको कपन प्रहरीका प्रमुख मीन बहादुर कुँवरले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्