बहुप्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक



११ असोज २०७५, काठमाडौँ
आमिर खान र अमिताभ बच्चन दुवै बलिउडका निकै चर्चित र डिमाण्डेड नायक हुन् । अहिले यी दुवै नायकहरु कम मात्रामा तर उत्कृष्ट चलचित्रमा मात्रै देखिने गर्छन् । यी दुईले स्क्रिन सेयर गरेको अहिलेको बहुप्रतिक्षित चलचित्र ठग्स अफ हिन्दुस्तान को ट्रेलर भर्खरैमात्र सार्वजनिक भएको छ ।

चलचित्रमा आमिरि खान र अमिताभ बच्चनको मुख्य भूमिका रहेको छ । त्यसैगरी चलचित्रमा अहिलेकी बलिउडकी सर्वाधिक व्यस्त नायिका कट्रिना कैफ र फतिमा शेखको पनि अभिनय देख्न सकिन्छ । चलचित्र ठग्स अफ हिन्तुस्थान छायांकन अगावै निकै चर्चा कमाएको चलचित्र भएका कारण बहुप्रतिक्षित बन्न गएको हो । चलचित्र नोबेम्बर ८ बाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्