धिरज र साम्राज्ञी स्टारर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ विदेशमा पनि प्रदर्शन हुने



१० असोज २०७५, काठमाडौँ

नेपालकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र युवापुस्तामा लोकप्रिय अभिनेता धिरज मगर स्टारर चलचित्र इन्टु मिन्टु लण्डनमा ले प्रदर्शन भए लगत्तै घरेलु बजारमा निकै राम्रो व्यापार गरिएको छ । चलचित्र इन्टु मिन्टु लण्डनमा लाई नेपालमा मात्र नभएर विदेशमा पनि स्थान मिल्ने भएको छ । चलचित्र इन्टु मिन्टु लण्डनमा ले नेपालमा निकै राम्रो व्यापार गरिएको छ । यस्तोमा चलचित्रको प्रदर्शन विदेशमा पनि हुनु निकै राम्रो कुरा हो । यसले चलचित्रको व्यापार निकै बढ्ने देखिन्छ ।

चलचित्र इन्टु मिन्टु लण्डनमा प्रदर्शन अगावै गीतसंगीत र ट्रेलर चर्चामा थियो । नेपालमा प्रदर्शन राम्रो भएपछि चलचित्रको विदेशमा पनि डिमाण्ड बढ्न गएको हो । चलचित्र इन्टु मिन्टु लण्डनमा लाई नेपालकी चर्चित डान्स कोरियोग्राफर रेनशा राईले निर्देशन गरेकी हुन् । चलचित्र असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्