‘द भ्वाइस अफ नेपाल’  मा परिवर्तन भयो जर्जहरुको ड्रेस र स्टेज



८ असोज २०७५, काठमाडौँ

द भ्वाइस अफ नेपाल छोटो समयमै अत्यन्तै चर्चा कमाउन सफल नेपालको सबैभन्दा ठूलो गायन रियालिटि शो हो । यो शो हरेक शनिबार र आइतबार बेलुकी ९ बजे प्रशारण हुने गर्दछ । टिभीमा देखाउनु अघि कहिकतै होहल्ला नगरेपनि अचानक चर्चाको शिखरमा पुग्न सफल भ्वाइस अफ नेपाल युट्युबमा पनि निकै चर्चित छ । यसको इस्टेज र कार्यक्रम गर्ने तरिकाले सबै दर्शकलाई लोभ्याएको छ ।

यसरी दिनानुदिन चर्चित बन्दै गएको भ्वाइस अफ नेपालको १० एपिसोड भैसकेका छन् तर पनि प्रत्येक एपिसोडमा निर्णायक र कार्यक्रम सञ्चालकले एउटै लुगा किन लगाउँछन् भनेर सबैले भ्वाइस अफ नेपालको आलोचना गरिरहेका छन् । अझ् कत्तिले त यस्तो महंगो रियालिटि शो गर्न सक्ने भ्वाइस अफ नेपालले निर्णायकले एउटा लुगाा पनि किनेर दिन सक्दैन रैछ भनेर पनि भनेका छन् । तर यस बिषयमा भ्वाइस अफ नेपालको टिमले कुरा खोलेको छ । यो शो को नियम अनुसार ब्लाइन्ड अडिसनभर जर्जहरु र कार्यक्रम होस्टले एउटै लुगा लगाउनु पर्ने र दोस्रो ब्याटल राउण्ड सुरु भएपछि मात्र लुगा परिवर्तन गर्नुपर्ने भएकाले ब्लाइन्ड अडिसनभर जर्जहरुले एउटै कपडा लगाउनु परेको हो ।

केहिसमय अघिमात्र सुरु भएको ब्वाइस अफ नेपालका प्रत्येक एपिसोडहरु रोचक बन्दै गएका छन् । ब्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन भर्खरै सकिएको छ । अब अर्को हप्ताबाट दर्शकहरुले ब्वाइस अफ नेपालको नयाँ राउण्ड र नयाँ स्टेज देख्न पाउने भएका छन् । अर्को हप्ताबाट ब्याटल राउण्ड सुरु हुने भएकाले जर्जहरुको लुगा र कार्यक्रमको स्टुज दुवै नयाँ हुने ब्वाइस अफ नेपाल टिमले जानकारी दिएको छ । जे होस् सुरु भएको छोटो समयमा नै द ब्वाइस अफ नेपाललाई दर्शकहरुको निकै राम्रो साथ मिलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्