मेरो आत्माले शान्ति पाउनु पर्यो भन्दै निर्मला पन्तले परलोक बाट गाइन मार्मिक गीत



कन्चनपुरमा बसोबास गर्दै आएकी मात्र १३ बर्षकी बालिका निर्मला पन्तको बलात्कार भई हत्या भएको २ महिना बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । ती निर्दोष बालिकाका आमा बुबा दिनरात छोरीको न्यायको लागि हिडिरहेका छन् तर पनि सरकारले केहि गर्न सकेको छैन ।

कलिलो उमेरमै बलत्कार भर्ई यो संसार छोडेकी निर्मलाको कथा सुन्दा नरुने मानिस सायदै छैनन् होला । निकै जालझेल गरेर निर्मलाको बलत्कार पछि हत्या गरिएको थियो । अहिले सर्वसाधरण जनता निर्मलाको लागि दिनरात आवाज उठाईरहेका छन् । निर्मलाको आत्मा शान्ति र न्यायका लािग विभिन्न जुलुसहरु निकालेर सर्वसाधारण सडकमा उत्रिएका छन् । यसैबीच निर्मलाको लािग एक गीत बनाईएको छ । यो गीत सुन्दा साच्चैँ नै निर्मलाको हत्या त्यसरी नै भएको जस्तो लाग्छ ।

रबिन लामिछानेको शब्द र संगीतमा डिला वि.क को आवाजमा मेरो आत्माले शान्ति पाउनु पर्यो बोलको गीत निर्मलाको लािग गाइएको छ । यो गीत अत्यन्तै मामिृक रहेको छ । यो गीत हेरेर हरेक नेपालीको मन रुनेछ । साच्चैँ नै यो गीत निर्मलाले परलोकबाट गाएकी हुन् कि भन्दा पनि फरक नपर्ला । मात्र १३ बर्षकी निर्मलाको आत्मा शान्तिका लागि यो गीत निकालिएको छ । निर्मलाको अपराधीले जसरी पनि सजाय पाउनै पर्छ । यसका लागि हामी सबैले आवाज उठाउनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्