लामो समयदेखि मृगौला रोगले पिडित जलजला परियारले मृत्युको मुखबाट फर्केपछि गाइन् सबैलाई रुवाउने भावुक गीत



२ असोज २०७५, काठमाडौँ

पहिले पहिले नेपाल टेलभिजनबाट प्रशारण हुने चर्चित गायन रियालिटी शो नेपाली तारामा गएर चर्चा कमाउन सफल प्रतिस्पर्धी जलजला परियार केहिसमय अघि दुवै मृगौला खराब भएका कारण काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराईरहेकी थिइन् । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनले आफ्नो उपचारका लागि सबैसँग सहयोग मागेकी पनि थिइन् । नभन्दै सबैको सहयोगका कारण जलजला परियार मृत्युको मुखबाट फर्किएकी छिन् ।

केहिसमय अघि उपचारको लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको सफल मृगौाला प्रत्यारोपण गरिएको हो । उनलाई उनकी आफ्नै आमाले मृगौाला दिएर बचाएकी हुन् । अपरेशनपछि हाल आमा छोरी दुवैको स्वास्थ्य स्थिति राम्रो भएको छ । जलजलाको सफल उपचारका लागि नेपालबाट मात्र नभएर विदेशबाट पनि उनलाई थुप्रै सहयोग आएको थियो । मृत्युको मुखमा पुगेकी जलजलालाई आज सबैले सहयोग गरेर नयाँ जीवन दिएका छन् । उपचारपछि आफूलाई यति धेरै सहयोग गरेर बचाईदिनु हुने ३ करोड नेपाली जनता र विदेशबाट सहयोग गर्नु हुने सम्पूर्णलाई जलजलाले निकै भावुक हुदैँ धन्यवाद दिइन् ।

जलजलाले सबैलाई सम्झदै एक मार्मिक गीत पनि गाएकी छिन् । उनले गाएको गीत यति मार्मिक थियो कि उनलाई भेट्न गएका हाँस्य कलाकार केदार घिमिरे ( माग्ने बुढा ) ले पनि आफ्नो आँशु थाम्न सकेनन् । जलजला परियार विस्तारै स्वस्थ हुँदैछिन् ।

 

प्रतिक्रिया दिनुहोस्