एलजी अवार्डमा प्रदिपले चुमे ‘मास पपुलर’ नायकको अवार्ड



१ असोज २०७५, काठमाडौँ

हिजोमात्र नेपाल र जापानमा नेपाली चलचित्रको दुई ठूला अवार्ड कार्यक्रमहरु भएका थिए । जापानमा सूर्य इन्टरनेशनल अवार्ड र नेपालमा एलजी सिने सर्कल अवार्ड सम्पन्न भएका थिए । जापानमा भएको सुर्य अवार्डका लागि ५० जनाभन्दा बढी कलाकारहरु जापान पुगेका थिए भने नेपालमा भएको एलजी अवार्डमा पनि थुप्रै कलाकारहरुको उपस्थित रहेको थियो । नेपालमा भएको एलजी अवार्ड विशेष बन्न पुग्यो । किनकी अवार्ड कार्यक्रमकै लागि भारतीय चर्चित अभिनेता गोबिन्दा आफ्नी छोरीसँग नेपाल आएका थिए । उनको उपस्थितिले अवार्ड कार्यक्रमलाई निकै रोचक बनाईदिएको थियो ।

तेस्रो एलजी अवार्ड कार्यक्रममा अभिनेता नाजिर हुसेनले चलचित्र तिमी सँग बाट सर्वोत्कृष्ट नायकको अवार्ड हासिल गरे भने चलचित्र पञ्चायत बाट नायिका निता ढुङ्गानाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भइन् । त्यसैगरी मस्ट पपुलर नायकको अवार्ड चलचित्र लिलिबिली बाट नायक प्रदिप खड्काले पाए भने प्रियंका कार्कीले मस्ट पपुलर नायिकाको अवार्ड पाइन् । तर कार्यक्रममा प्रियंका उपस्थित भने भएकी थिइनन् । उक्त अवार्ड कार्यक्रममा चलचित्र तिमी सँग ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड पायो ।

एलजी अवार्डको यो भन्दा अगाडीका अवार्डहरु फियर भएको तर यसपटक राम्रोलाई नभएर हाम्रोलाई हेरियो भन्दै धेरैले एलजी अवार्डबारे आलोचना गरेका छन् । विशेष नायक नाजिर हुसेन मुख्य नायक नभई नायकको अवार्ड लग्दा सबै चकित परे । अवार्ड जस्तो भएपनि गोबिन्दाको उपस्थितिले चाहिँ यसबर्ष एलजी अवार्डलाई निकै सानदार बनाईदिएको थियो । उक्त अवार्ड कार्यक्रममा धेरै कलाकारले आफ्नो दमदार प्रस्तुतीका कारण अवार्डको माहोललाई रमाईलो बनाइदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्