जापानमा सम्पन्न सूर्य अवार्डमा पल र पूजाले उचाले सर्वोत्कृष्ट नायक नायिकाको अवार्ड



१ असोज २०७५, काठमाडौँ

आजभोली नेपालमा नेपाली चलचित्रको अवार्ड कार्यक्रमहरु पहिलेको तुलनामा बढेको छ । विभिन्न अवार्डहरु आजभोली भैरहेका हुन्छन् । केहि अवार्ड कार्यक्रमहरु नेपालमा हुन्छन् भने केहि नेपालभन्दा बाहिरका देशहरुमा हुन्छन् । यस्तै हिजो मात्र जापानमा सम्पन्न भएको सूर्य अवार्डका लागि नेपालका ५० भन्दा बढी कलाकारहरु जापान पुगेका थिए ।

निकै भव्य र सव्य तरिकाले अवार्ड कार्यक्रम सम्पन्न गरियो । उक्त अवार्ड कार्यक्रममा चलचित्र म यस्तो गीत गाउँछु बाट नायक पल शाह र नायिका पूजा शर्माले सर्वोत्कृष्ट नायक नायिकाको अवार्ड हात पार्न सफ भए । त्यस्तै चलचित्र ऐश्वर्य बाट प्रशान्त ताम्राकारले सर्वोत्कृष्ट सहअभिनेता र चलचित्र छक्का पञ्जा २ बाट नायिका वर्षा राउतले सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड पाइन् । उक्त अवार्ड समारोहमा नायक अनमोल केसीलाई मस्ट पपुुलर एक्टरको अवार्डबाट सम्मानित गरियो भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि मस्ट पपुलर एक्ट्रेसको अवार्ड आफ्नो पोल्टामा पारिन् ।तर अवार्डमा नायक अनमोल केसी भने उपस्थित भएका थिएनन् । त्यसैगरी उक्त अवार्ड समारोहमा चलचित्र म यस्तो गीत गाउँछु ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड पायो भने सोही चलचित्रबाट निर्देशक सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए । त्यस्तै अवार्ड कार्यक्रममा बसुन्धरा भुषाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो ।

जापानको टोकियोमा सम्पन्न भएको सूर्य इन्टरनेशनल अवार्डमा नायक भुवन केसीलाई सूर्य कलाकारिता सम्मान गरिएको थियो  । विभिन्न १२ विधा र ४ मासमा बाडिएको अवार्ड भव्यताका साथ सम्पन्न गरिएको थियो । अवार्डमा नायिका आँचल शर्माको दमदार नृत्यले सबैलाई आकर्षित बनाईदिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्