‘भद्रगोल’ मा भयो काउली बुढीको इन्ट्रि



३१ भदौ २०७५, काठमाडौँ

नेपाल आईडल सिजन २ मा आएर सबैको मन जित्न सफल प्रगियोगी सन्ध्या बुढा ( काउली बुढी ) नेपाल टेलिभिजनबाट प्रशारण हुने निकै चर्चित टि.भी शो भद्रगोलमा पनि गएकी छिन् । छोटो समयमा अत्यन्तै चर्चा कमाउन सफल भद्रगोलको १७६ एपिसोडमा काउली बुढीलाई भित्र्याइएको हो ।

नेपाल आईडल सिजन २ को अडिसनमा पनि काउली बुढीकै भेषमा आएर सबैलाई चकित बनाएकी मात्र २२ बर्षकी काउली बुढी नेपाल आईडलको थिएटर राउण्डबाट आउट भएकी थिइन् । उनी भद्रगोलमा आएर दर्शकलाई भद्रगोल हेर्न अझ् रमाईलो भैरहेको छ ।

काउली बुढीमात्र नभएर नेपाल आईडल सिजन १ मा आएर सबैको नजरमा पर्न सफल झक्कड थापा र नेपाल आईडल सिजन २ मा आएर भाईरल बन्न सफल रमेश पातली पनि भद्रगोलमा देखिएका थिए । यसरी नेपाल आईडल जन्माएको यी ३ दर्शक हसाउँन सफल कलाकारहरुको उपस्थितिले भद्रगोलको १७६ औँ एपिसोड विशेष र रोचक बनेको थियो । सबै दर्शकले काउली बुढीलाई भद्रगोलको अरु एपिसोडमा पनि हेर्ने चाहना रहेको बताएका छन् । काउली बुढी भद्रगोलमा कहिलेसम्म रहन्छिन् त्यो भने हेर्न बाकिँ छ ।

 

प्रतिक्रिया दिनुहोस्