हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक



३१ भदौ २०७५, काठमाडौँ

हरिवंश आचार्य नेपालका सफल कलाकार र गायक पनि हुन् । उनले धेरै कमेडि सिरियल र चलचित्रहरुमा अभिनय गरिसकेका छन् । उनको नाम सधैँभरि मदनकृष्ण श्रेष्ठसँग जोडिएर आउने गर्दछ । सुरुवातदेखि नै मदनकृष्ण श्रेष्ठसँग काम गरेको हुनाले हरिवंश आचार्यको नाम मदनकृष्ण श्रेष्ठसँग जोडिन पुगेको हो । हरिवंले धेरै गीतहरु गाईसकेका छन् । उनले गाएका अधिकांश गीतहरु निकै रमाइला शैलीका हुने गर्छन् । उनले केहि चलचित्रमा पनि गीत गाईसकेका छन् । हाल हरिवंशको नयाँ गीत बजारमा सार्वजनिक भएको छ ।

हरिवंशकै शब्द, संगीत र आवाज रहेको जे भनेनी हुन्छ बोलको गीत भर्खरै बजारमा सार्वजनिक भएको छ । हरिवंशले लामो समयपछि यो गीत गाएका हुन् । उनी नेपालका एक सम्मानित कलाकार भएकाले धेरैजसो उनी देशविदेशका कार्यक्रमहरुमा व्यस्त भैरहेका हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्