दुई मुक्तक



(एक)
गयौ तिमी मलाई, तस्बिर दिएर ।
मायाँको मिठो–मिठो, पिर दिएर ।
भएको छु आजभोली बेफुर्सदिलो,
सधैँ टोलाईरहने, जागिर दिएर ।

(दुई)
सधैँ तिम्रो छेउ, हुन पाए पो मज्जा ।
जहाँ मन लाग्यो त्यहीँ, छुन पाए पो मज्जा ।
तिमै्र कदको पाटो–पाटोमा लाडिबुडी खेल्ने,
साबन जस्तै, हुन पाए पो मज्जा ।

प्रतिक्रिया दिनुहोस्