निशान भट्टराईको आवाजमा ‘रोज’ को दोस्रो गीत सार्वजनिक



२८ भदौ २०७५, काठमाडौँ

नायक प्रदिप खड्का स्टारर चलचत्रि ‘रोज’ यतिबेला देशव्यापी रुपमा प्रदर्शन भईरहेको छ  । प्रदिपको नयाँ गेटअपलाई दर्शकले निकै रुचाईदिएका छन् भने चलचित्रको कथावस्तु पनि उत्कृष्ट रहेको सबैले बताएका छन् ।

चलचित्र ‘रोज’ को यसअघि रिलिज गरिएको गीत फूल होइन बोलको गीतले सफलता पाइरहँदा चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको छ । दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको ‘तिम्रो पछि पछि’ बोलको गीतमा नेपाल आईडल सिजन १ का फस्ट रनर अप निशान भट्टराईको आवाज रहेको छ । गीतमा प्रदिप र परमितालाई फिचरिङ गराईएको छ । चलचित्र रोज मा प्रदिपका साथ परमिता राणा र मिरुना मगरको पनि मुख्य भूमिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्