पल र कविताको ‘यहि त होला माया’ बोलको गीत सार्वजनिक



२८ भदौ २०७५, काठमाडौँ

नेपालको चर्चित डान्सिङ रियालिटि शो बुगीवुगीकी विजेता कविता नेपाली आजभोली निकै व्यस्त छिन् । निकै राम्रो डान्स गर्ने कविता जनताको भोट र आफ्नो कडा मेहेनतका कारण बुगीवुगीको विजेता बन्न सफल भएकी हुन् ।

बुगीवुगी फिनालेपछि उनी सबैको नजरमा पर्न सफल भएकी छिन् । निकै राम्री कविता मोडलिङको लागि पनि उपयुक्त छिन् । उनको त्यहि डान्स र सुन्दरताका कारण उनले म्यूजिक भिडियोको पनि अफर पाइन् । कविताले खेलेको पहिलो म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द र आशिष अविरल संगीत रहेको गीत यहि त होला माया मा राज खुम्बुको आवाज रहेको छ । गीतमा नेपालका चर्चित नायक तथा मोडल पल शाह र बुगीवुगी विजेता कविता नेपालीलाई पिचरिङ गराईएको छ । निकै डान्सिङ शैलीमा निर्मित गीतका गोरियोग्राफर प्रशान्त तामाङ हुन् ।

 

प्रतिक्रिया दिनुहोस्