नेपाल आउँदैछन् बलिउडका चर्चित नायक गोबिन्दा



२८ भदौ २०७५, काठमाडौँ

गोबिन्दा बलिउडमा मात्र नभएर नेपालमा पनि सबैका प्रिय कलाकार हुन् । उनको कामलाई साना देखि ठूला सबैले निकै रुचाउँछन् । त्यतिमात्र नभएर गोबिन्दाको नेपालसँग गहिरो सम्बन्ध भएकाले उनी नेपाल आईरहने बलिउड कलाकार हुन् । उनी नेपाललाई आफूले निकै माया गर्ने र नेपाल आईरहन मन लाग्ने बताउँछन् ।

गोबिन्दा यहि शनिबार फेरि नेपाल आउँदैछन् । उनी राजधानीमा हुन गईरहेको एलजी सिनेमा सर्कल अवार्डका लागि नेपाल आउन लागेका हुन् । उनी अवार्डमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् । उनको ३ दिनको नेपाल बसाँई रहने छ । त्यसबेला उनी अवार्डमा मात्र नभएर पशुपतिनाथको दर्शन गर्न पनि जाने भएका छन् । गोबिन्दाका फ्यानहरुका लागि यो एकदम खुसीको कुरा हो । गोबिन्दाको स्वागतका यतिबेला उनका फ्यानहरु पर्खिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्